ढुकुटी हेर्ने सचिवलाई ओली सरकारले धपायो, कसलाई कता खटायो ?

सोमबार, माघ २८, २०८१

सोमबार अबेर बसेको क्याबिनेटले दुई सचिवको सरुवा र एक सहसचिवलाई सचिवमा बढुवा गरेको छ।

अख्तियारका सचिव घनश्याम उपाध्यायको अर्थ मन्त्रालयमा सरुवा गरेको छ। अख्तियारको स्थापना दिवसकै दिन सरकारले सचिवको सरुवा गरेको हो। सहसचिव बाबुराम अधिकारी सचिवमा बढुवा भएका छन् ।

सचिव बनेपछि चार महिना मात्र सिंहदरबार बस्न पाएका  उपाध्याय अर्थसचिव बनेका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेका उपाध्यायको अर्थ मन्त्रालयमा सरुवा गरेको हो। 

उपाध्याय सचिव बनेपछि बागमती प्रदेश सरकारको प्रमुख सचिव र चार महिना श्रमसचिव बनेका थिए । 

मन्त्रिपरिषद्ले अर्थसचिव डा रामप्रसाद घिमिरेको राष्ट्रपति कार्यालयमा सरुवा गरेको छ । अख्तियारमा राष्ट्रपति कार्यालयका नारायणप्रसाद दुवाडीलाई पठाईएको छ। 

प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  २१:४२
प्रतिक्रिया दिनुहोस्