संघीय संसद्अन्तर्गत तीनवटा संसदीय समितिको बैठक बस्दै

मंगलबार, माघ २९, २०८१

संघीय संसद्अन्तर्गत तीनवटा संसदीय समितिको बैठक बस्दै छ । 

विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्ने भएको हो । 

विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ । बैठक बिहान ११ बजे बस्नेछ । 

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो १ बजे बस्नेछ । 

बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्याहरूको समाधानको सम्बन्धमा प्राप्त सुझावमाथि  छलफल गर्ने कार्यसूची छ । 

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । सिमेन्टलगायत निर्माण सामाग्री एवं खाद्यवस्तुको मूल्यवृद्धि सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  ०८:२२
प्रतिक्रिया दिनुहोस्