आज पनि बढ्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ किनबेच ?

मंगलबार, माघ २९, २०८१

नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा रु ६ सयले बढ्दै एक लाख ७० हजार २ सय कायम भएको छ । 

सोमबार तोलामा १ लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । 

मंगलबार चाँदीको मूल्य भने घटेको छ । सोमबार  १ हजार ९७५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ९४५ मा कारोबार भएको हो । 

प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  १०:४३
प्रतिक्रिया दिनुहोस्