बागमती प्रदेशसभाको बैठक बैशाख ३१ गते आह्वान

शुक्रबार, वैशाख २८, २०८१

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेशसभाको वर्षे अधिवेशन यही वैशाख ३१ गते अपराह्न १ बजे बस्ने गरी आह्वान गरेका छन्। 

बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिस अनुसार उहाँले नेपालको संविधानको धारा, १८३ को उपधारा १ बमोजिम आज प्रदेशसभाको बैठक आह्वान गरेका हुन्  ।  

प्रदेशसभाको हिउँदे अधिवेशन यही वैशाख १२ गते राति १२ बजेदेखि अन्त्य भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  २०:००
प्रतिक्रिया दिनुहोस्