सोसल मिडिया
युनिकोड
नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका तत्कालीन सचिव टेकनारायण पाण्डेले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदैछ ।
पाण्डेको हकमा उनकी श्रीमती मञ्जुले गत माघ ११ गते सर्वोच्चमा दायर गरेको सो रिट आज न्यायाधीशद्धय सपना प्रधान मल्ल र विनोद शर्माको इजलासमा पेशी तोकिएको छ । यसअघि प्रकाशमानसिंह राउतसहित कुमार चुडाल, हरिप्रसाद फुयाल र सुनिल कुमार पोखरेलको इजलासमा पेशी परेपनि सुनुवाइ हुन सकेको थिएन ।
बन्दी प्रत्यक्षीकरणको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, काठमाडौं जिल्ला अदालत, महान्यायाधिवक्ता कार्यालय, जिल्ला सरकारी वकिलको कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंलाई विपक्षी बनाइएको छ।
२०८० असार १ गते जिल्ला अदालत काठमाडौंले उनीसहित १६ जनालाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो।