स्थगित भएको एक घण्टा बित्दा पनि सुरु भएन प्रतिनिधिसभाको बैठक 

मंगलबार, माघ २९, २०८१

१५ मिनेटका लागि स्थगित प्रतिनिधिसभाको बैठक एक घण्टा बित्दा पनि सुरू हुन सकेको छैन ।

आकस्मिक र शून्य समय सकिएपछि सभाको बैठकका नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई बोल्न दिइएपछि विपक्षी दलका सांसदले प्रश्न उठाएका थिए ।

सभामुखले आकस्मिक समयमा बोल्न नाम टिपाएको र झुक्किएर छुटेको जवाफ दिएका थिए । विपक्षी दलहरूले त्यसमा चित्त नबुझेको भन्दै सांसद खतिवडाका अभिव्यक्ति संसद्को रेकर्डबाट मेट्न माग गरेका थिए । त्यसपछि बैठक सञ्चालन गरिरहेकी उपसभामुखले अध्ययन गरेर आवश्यक निर्णय लिन सचिवालयलाई आदेश दिएकी थिइन् ।

त्यसपछि सभाको नेतृत्व गर्न सभामुख देवराज घिमिरे आएका थिए । उनी आउँदा पनि विपक्षी दलका सांसद आआफ्नो स्थानबाट उभिएर बैठकमा अवरोध गरिरहेका थिए । सभामुख घिमिरेले पनि अध्ययन गरेर आवश्यक निर्णय लन आदेश दिइसकेकाले बसेर बैठक सञ्चालनमा सघाउन आग्रह गरे । तर, सांसदहरू बसेनन् ।

त्यसपछि सभामुख देवराज घिमिरेले १५ मिनेका लागि बैठक स्थगित गरेका थिए । तर, एक घण्टा बित्दा पनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुन सकेको छैन ।

प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  १६:०२
प्रतिक्रिया दिनुहोस्