सरकारले अर्थमन्त्रालय अन्तर्गतका दुई डिजीलाई धपायो, १७ सहसचिवको सरूवा

मंगलबार, माघ २९, २०८१

मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयमा कार्यरत सहसचिवहरूको सरुवा गरेको छ। सोमबार बसेको बैठकले  १७ जना सहसचिवहरूको सरुवा गरेको हो। 

आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्यलाई सामान्य प्रशासन मन्त्रालयमा तानेको छ। त्यस्तै भन्सार विभागका डिजी हरिशरण पुडासैनीलाई योजना आयोग लगिएको छ। 

अर्थका सहसचिव दीर्घराज मैनाली पनि योजना आयोगमै खेदिएका छन्। त्यस्तै अर्थकै नारायणप्रसाद रिसाललाई गृहमा लगिएको छ। सूचना आयोग बाट कमल भट्टराई श्रम मन्त्रालय पुगेका छन्। 

अर्थका सहसचिव दीर्घराज मैनाली पनि योजना आयोगमै खेदिएका छन्। त्यस्तै अर्थकै नारायणप्रसाद रिसाललाई गृहमा लगिएको छ। सूचना आयोग बाट कमल भट्टराई श्रम मन्त्रालय पुगेका छन्। 

त्यस्तै मकवानपुरका सिडिओ तिर्थराज चिलुवाल अर्थ मन्त्रालय भित्रिएका छन्। योजना आयोगकी पार्वती अर्याल पनि अर्थमै पुगेकी छिन। योजना आयोगका यज्ञराज कोइराला कृषिमा पुगेका छन्। यी सहित प्रशासन र प्राविधिक समूहका गरि १७ सहसचिवको सरुवा भएको हो।

प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  १६:४८
प्रतिक्रिया दिनुहोस्