प्रधानमन्त्रीको पार्टी निकट संगठनको महाधिवेशन धमाधम, अध्यक्षमा रेवन्त कि भवानी ?

बुधबार, माघ ३०, २०८१

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि आजदेखि राज्य व्यबस्था समितिमा दफावार हुँदैछ। यता, प्रधानमन्त्रीको पार्टी निकट कर्मचारी संगठनको महाधिवेशन पनि आजबाट सुरु हुँदैछ ।

नेपाल निजामती कर्मचारी संगठनको १२ औं महाधिवेशनको प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्ने कार्यक्रम छ। 

राष्ट्रिय सभागृहमा आज बिहान साढे १० बजे प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्नेछन् । त्यसपछि आजैबाट बन्दसत्र सुरु हुने र विभिन्न प्रतिवेदनहरु पास गर्दै नयाँ कार्यसमिति चयनको प्रक्रिया सुरु हुने छ ।

अधिवेशनले तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व पनि चयन गर्नेछ । अध्यक्ष पदमा रेवन्त गौतम र भवानी न्यौपाने दाहाल प्रमुख दाबेदार छन् । दाहाल र गौतम दुवै हाल संगठनका उपाध्यक्ष छन् ।

रेवन्त एक कार्यकाल महासचिव र चार कार्यकाल उपाध्यक्ष भइसकेकाले यसपटक अध्यक्षमा दाबी नछाड्ने अडानमा छन् । भवानी पनि केन्द्रीय महिला विभाग प्रमुख हुँदै एक कार्यकाल उपाध्यक्ष भइसकेकाले अब पहिलो महिला अध्यक्ष बनेर इतिहास रच्ने प्रयासमा छिन् । प्रधानमन्त्री ओली महिलालाई उच्च पदमा पुर्याउनुपर्छ भन्ने चेतका महिला मैत्री भएका कारण भवानीलाई आशिर्वाद हुने एक कर्मचारीका नेताले बताए। 

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  ०८:०९
प्रतिक्रिया दिनुहोस्