संवैधानिक निकायका पदाधिकारी नियुक्ति विवादसम्बन्धी मुद्दामा सुनुवाइ सुरु

बुधबार, माघ ३०, २०८१

विभिन्न संवैधानिक निकायका पदाधिकारी नियुक्ति विवादसम्बन्धी मुद्दामा सुनुवाइ सुरु भएको छ। आज पनि संवैधानिक इजलासमा पेसी चढाइएको छ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतका साथै न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी रहेको संवैधानिक इजलास‍मा सुनुवाइ सुरु भएको हो। 

न्यायाधीश कुमार रेग्मी र हरि फुयालले यस विवादको सुनुवाइमा नबस्ने घोषणा गरेपछि चुडाल र सुवेदीलाई समेट्दै इजलास गठन गरिएको छ। 

२०७७ सालदेखिको विचाराधीन यस विवादमा लामो समयदेखि पूर्ण सुनुवाइ हुन सकेको थिएन। विभिन्न राजनीतिक शक्तिको चासो पनि जोडिएको यस मुद्दाको सुनुवाइ नभएकामा न्यायिक नेतृत्वले आलोचनासमेत खेप्नुपरिरहेको छ। 
 
अगाडिका दुईवटा  मुद्दाको सुनुवाइ स्थगित भएपछि संवैधानिक इजलासको चौथो नम्बरमा रहेको यो मुद्दाक‍ो पालो आएको हो।  

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  १३:१२
प्रतिक्रिया दिनुहोस्