सोसल मिडिया
युनिकोड
संघीय निजामती सेवामा अब सेवा समूह बढ्ने भएको छ। यसअघि १० वटा सेवा रहेकोमा अब उप्रान्त १ थपिएर ११ हुने भएको हो।
कान्छो सेवाका रूपमा नेपाल सूचना प्राविधिक सेवा समूह थपिएर साविकको सेवा संख्यालाई तन्काईएको हो।
निजामती सेवामा नेपाल प्रशासन सेवा, नेपाल लेखापरीक्षण सेवा, नेपाल वन सेवा, नेपाल विविध सेवा, नेपाल शिक्षा सेवा, नेपाल आर्थिक योजना तथा तथ्यांक सेवा, नेपाल इन्जिनियरिङ सेवा, नेपाल कृषि सेवा, नेपाल न्याय सेवा र नेपाल परराष्ट्र सेवा पनि निजामती सेवाअन्तर्गत पर्नेछन्।
आज बुधबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिले प्रस्तावित विधेयकको दफा ५ पास गरेको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए।
'नेपाल सूचना प्राविधिक सेवा समूह थपेर अब सेवा समूह ११ पुर्याउने निर्णय भयो,' खतिवडाले भने,'संसद् सेवा र स्वास्थ्य सेवाबारे चाहिँ कुनै निर्णय भएन।' संसद् सेवा र स्वास्थ्य सेवा समूहबारे सरकारले आवश्यक तयारी नपुगेको र प्रावधानहरू थप गर्नुपर्ने बताएपछि रोकिएको खतिवडाले भनाइ छ।