लोकसेवाका पूर्व अध्यक्षकी छोरी सहित तीनजना परराष्ट्रको सहसचिवमा सिफारिश

बुधबार, माघ ३०, २०८१

लोक सेवा आयोगले सहसचिवमा नाम निकाल्न सफल उम्मेदवारको नाम सार्वजनिक गरेको छ। परराष्ट्र मन्त्रालयको खुला सहसचिवमा बढुवाका लागि ३ जना महिलालाई आयोगले सिफारिस गरेको हो ।

उपसचिवहरू ईला मैनाली, रोशन खनाल र रोजिना ताम्राकारको नाम सहसचिवमा बढुवाका लागि सिफारिस गर्दै आयोगले बुधबार सूचना प्रकाशित गरेको हो। अन्तर्वार्ताको नतिजाअनुसार सो सिफारिश गरेको आयोगले जनाएको छ। 

परराष्ट्र मन्त्रालयको सहसचिवका लागि लिखित परीक्षाबाट ५ जनाको नाम छनोट भएको थियो । सहसचिवको वैकल्पिकमा मोतिबहादुर श्रीसको नाम सिफारिस भएको छ । 

सहसचिवमा सिफारिस भएकी मैनाली डेनमार्क, खनाल थाइल्याण्ड र ताम्राकार क्यानडामा कार्यरत रहेकी थिइन् । ईला मैनाली गृह सचिव हुँदै लोकसेवा आयोगका अध्यक्ष समेत भएका उमेश मैनालीकी छोरी हुन्।pararastra-sahasachiw-1739378924.jpg
 

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  २२:३४
प्रतिक्रिया दिनुहोस्