संघीय निजामती विधेयकको दफावार छलफल आज पनि जारी

अर्को समिति पनि डाकियो
बिहीबार, फागुन १, २०८१

संघीय संसद्अन्तर्गत दुईवटा संसदीय समितिको बैठक आज बस्दै छ । राज्य व्यवस्था तथा सुशासन समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्न लागेको हो । 

महिला तथा सामाजिक मामिला समितिको बैठकमा सिडको आधारभूत सिफारिस नं. ३९ सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । बैठक मध्याह्न १२ बजे बस्नेछ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठक मध्याह्न साढे १२ बजे बस्नेछ । 

बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  ०६:५९
प्रतिक्रिया दिनुहोस्