कांग्रेसले किन डाक्यो पदाधिकारी बैठक ? के छ एजेन्डा ?

बिहीबार, फागुन १, २०८१

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ। ​भ्रातृ संस्थाको महाधिवेशन गराउन सभापति शेरबहादुर देउवासहित पदाधिकारी बैठक बस्न लागेको हो। पदाधिकारीहरू, भातृ संस्थाको महाधिवेशनको समन्वय र सहजीकरण गर्न बनेको पार्टीको निर्देशक समिति र भातृ संस्थाका अध्यक्षको बैठक बस्ने तय भएको कांग्रेसले जनाएको छ।

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेका लागि तय गरिएको छ। तदर्थमा रहेका भातृ संस्थाको महाधिवेशन गराउने विषयमा छलफल हुने कांग्रेसले जनाएको छ। पार्टीले चैत मसान्तभित्र सबै भातृ संस्थाको महाधिवेशन गराउन निर्देशन दिएको छ।

प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  ११:३०
प्रतिक्रिया दिनुहोस्