सोसल मिडिया
युनिकोड
माघ २९ गतेदेखि अर्थसचिवको जिम्मेवारी सम्हालेका घनश्याम उपाध्यायले नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा शपथ लिएका छन् ।
सर्वोच्च अदालतमा आज आयोजित एक कार्यक्रममा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले उनलाई पद तथा गोपनीयताको शथप गराएका हुन् । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ । सोही ऐनको दफा १०८ (१) मा बैंकका सञ्चालकले प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ ।
शपथ कार्यक्रममा सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाल, रजिस्ट्रारद्वय विमल पौडेल र भद्रकाली पोखरेल, सहरजिस्ट्रारहरू, नेपाल राष्ट्र बैंकका निर्देशक एवं सञ्चालक समितिका सचिव मुक्तिनाथ सापकोटा लगायत उपस्थित थिए । अख्तियारको सचिव बाट घनश्यामलाई अर्थमन्त्रालय भित्र्याईएको हो।