नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित

बिहीबार, फागुन १, २०८१

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित भएका छन्। बिहीबार सम्पन्न मतपरिणाम अनुसार प्रतिद्वन्द्वी नेत्र चापागाईंलाई पराजित गर्दै अध्यक्ष पदमा भट्टराई निर्वाचित भएका हुन्। भट्टराईले ६६१ मत पाए भने चापागाईंले ७३ मत प्राप्त गरे।

त्यस्तै उपाध्यक्ष खस आर्यमा ईश्वर रिजाल, उपाध्यक्ष आदिवासीतर्फ टेकबहादुर बाठा मगर विजयी भए। त्यस्तै महासचिव खुलामा सोनामसिंह स्याङ्तान विजयी भएको निर्वाचन समितिले जनाएको छ।

निर्वाचित कार्यसमितिलाई बिहीबार काठमाडौंमा पद तथा गोपनीयताको सपथ गराइएको छ। महाधिवेशनले भट्टराईले प्रस्तुत गरेको सांगठनिक तथा राजनीतिक प्रतिवेदन पारित गरेको थियो। त्यस्तै प्रवक्ता कृष्ण शर्माद्वारा पेस गरेको विधान संशोधन प्रस्ताव पारित भएको छ। 

प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  २०:१८
प्रतिक्रिया दिनुहोस्