सोसल मिडिया
युनिकोड
नेकपा माओवादी केन्द्र सँग पछिल्ला दिनमा एमालेले दुश्मनी साँधीरहेको छ। मौका पाउना साथ एमाले अध्यक्ष समेत प्रधानमन्त्री केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई दनक दिंदै आएका छन्। यता प्रचण्ड पनि ओलीलाई झटारो हान्दै आएका छन्।
यहि मेसोमा नेकपा एमालेका मोरङका पुराना नेता एवं व्यवसायी तुलसी पोखरेल नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेकपा एमाले मोरङको जिल्ला कमिटी सदस्य र सल्लाहकार रहिसकेका पोखरेल जनयुद्ध दिवसकै दिन बिहीबार माओवादीमा प्रवेश गरेका हुन् ।
पोखरेललाई बिहीबार माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अविर माला लगाएर पार्टीमा स्वागत गरे । पोखरेल २०३९ सालबाट एमालेमा आबद्ध रहेका थिए । उनले २०४४ सालमा एमालेको पार्टी सदस्यता लिएका थिए ।
एमाले राजनीतिक दर्शन र बिचारबाट विचलित भएको तथा त्यस पार्टीबाट परिवर्तन सम्भव नहुने ठहर गर्दै आफू माओवादी पार्टी प्रवेश गरेको उनले बताए । कानुन व्यवसायीसमेत रहेका पोखरेल सामाजिक क्षेत्रमा पनि सक्रिय रहेका छन् । कानुन व्यवसायीसमेत रहेका पोखरेल खोटाङ समाजको सल्लाहकार रहेका छन् ।
माओवादी सत्ता बाहिर आएपछि अन्य पार्टीका नेता कार्यकर्ता बाक्लै सो पार्टीमा प्रवेश गर्न थालेका छन्।