सोसल मिडिया
युनिकोड
पुग नपुग दुई तिहाईको समर्थनले जन्मिएको वर्तमान सरकार अफ्ठेरो अवस्था बाट गुज्रिरहेको छ।
राष्ट्रिय सभाबाट अध्यादेश स्वीकृत गराउन मुस्किल परिरहेका बेला बालुवाटारमा सत्ता गठबन्धनका प्रमुख दल नेकपा एमाले र नेपाली कांग्रेस छलफलमा जुटेका छन्।
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। बैठकमा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा पनि छन्।
साथै कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा सहभागी छन्। एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल छन्।
बैठकमा सरकार सञ्चालनका विषय, संसद्मा प्रभावकारी भूमिकासहित अत्यावश्यक कानुन निर्माणमा तीब्रतालगायत समसामयिक विषयमा छलफल भइरहेको जनाइएको छ। एकै सातामा संयन्त्रको यो तेस्रो बैठक हो। यसअघि यसै साता दुईपटक संयन्त्रको बैठक सम्पन्न भएको थियो।
सरकारले ल्याएका ६ वटा अध्यादेश संसदको दुवै सदनबाट स्वीकृत गराउनुपर्नेछ। ती अध्यादेश सदनमा पेस भइसकेका छन्। तर, राष्ट्रिय सभामा अध्यादेश पारित गर्न आवश्यक बहुमत जुटाउन सरकारलाई हम्मे परिरहेको छ।
सरकारमै रहेको दुई दल जसपा नेपाल र लोसपाले अध्यादेशमा समर्थन नगर्ने भनेका छन्।