दोहोर्‍याएर मेयर बनेकी रेणु दाहालको कमाल, चितवन पहिलो बन्दा काठमाडौँ चौथो

शनिबार, फागुन ३, २०८१

दोहोर्याएर मेयर बनेकी रेणु दाहालले कमाल गरेकी छिन्। उनी मेयर भएको भरतपुर महानगरपालिका कार्यसम्पादनमा सर्बोत्कृष्ट भएको छ । 

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्यांकनमा चितवनको भरतपुर महानगरपालिका महानगरपालिकाहरुमध्ये उत्कृष्ट भएको हो । भरतपुर ७६ दशमलब २ अंक प्राप्त गर्दै ६ महानगरपालिकामध्ये उत्कृष्ट भएको हो ।

विकासप्रेमी मेयरको छवि बनाएकी रेनुले भरतपुरको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याएकी छिन् । उनले राजनीतिक पूर्वाग्रह नराखिकन सो महानगरको विकास निर्माणमा आफूलाई खरो उतारेकी छिन् ।

आयोगको कार्यसम्पादन मूल्यांकनमा दोस्रो महानगर बनेको छ विराटनगर महानरपालिका । ७३.५ अंक प्राप्त गर्दै बिराटनगर महानगरपालिका दोस्रो बन्दा ६६.७ अंक प्राप्त गर्दै ललितपुर महानगरपालिका तेस्रो बनेको छ । विराटनगरका मेयर नागेश कोइराला हुन् । उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् । यस्तै, ललितपुरमा पनि कांग्रेसकै चिरिबाबु महर्जन नेतृत्वमा छन् ।

यस्तै, ५४.३ अंक प्राप्त गर्दै काठमाडौं महानगरपालिका चौथो भएको छ । यो महानगरको नेतृत्वमा युवा मेयर बालेन्द्र शाह छन् । यस्तै,५१.५ अंक प्राप्त गर्दै पोखरा महानगरपालिका पाँचौ र सबैभन्दा कम ४३.१ अंक प्राप्त गर्दै पर्साको वीरगञ्ज महानगरपालिका अन्तिममा परेको छ । उता, पोखराको प्रमुखको जिम्मेवारीमा एकीकृत समाजवादीका धनराज आचार्य छन् । वीरगञ्जको मेयर भने जसपाका राजेशमान सिंह हुन् ।

प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  १२:१८
प्रतिक्रिया दिनुहोस्