सोसल मिडिया
युनिकोड
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्री रमेश लेखक अस्पताल पुगेका छन् ।
गृहमन्त्री रमेश लेखकले कीर्तिपुरस्थित बर्न अस्पताल पुगेर उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । सो क्रममा गृहमन्त्री लेखकले उपचारमा संलग्न चिकित्सकहरूसँग छलफल गरेका थिए ।
स्वास्थ्य अवस्थाबारे जानकारी लिएपछि गृहमन्त्री लेखकले चिकित्सकहरूले राम्ररी उपचार गरिरहेको प्रतिक्रिया दिए । ‘पोलेको धेरै गहिरो छैन, बाहिर पोलेको छ भन्नुभएको छ । उपचार राम्रो भइरहेको छ,’ लेखकले भने ।
उनले आगामी दिनमा सरकारले यस्तो दुर्घटना दोहोरिन नदिने गरि व्यवस्था गर्ने समेत बताए ।
पोखरा भ्रमण वर्ष उद्घाटनको क्रममा बेलुन फुटेर घाइते भएका पौडेल र आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालको सघन कक्षमा उपचार भइरहेको छ ।