गुड्दै गरेको कार कसरी धोबीखोलामा खस्यो ?

सोमबार, फागुन ५, २०८१

काठमाडौंको अनामनगरस्थित रुद्रमति पुलबाट एउटा कार धोबिखोलामा खसेको छ ।

भक्तपुर वडा न ०१ लोकन्थली बस्ने गाडी चालक ४५ वर्षीय पदम कार्की  भने सकुसल छन् । थापाथलीस्थित अफिसबाट घर जाँदै गर्दा कार्कीले चलाएको बा २१ च ६६१४ नम्बर को कार खोलामा खसेको हो ।

आइतबार साँझ कार अनियन्त्रित भएर खोलामा खसेको घटनास्थलमा रहेको प्रहरीले जानकारी दिएको छ । कारका चालक सकुसल रहेका छन् ।

प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  ०५:३४
प्रतिक्रिया दिनुहोस्