उपेन्द्र यादव सहित अर्का मन्त्री बर्खास्त हुँदै, मन्त्री बन्न दौडने को-को ?

शनिबार, वैशाख २९, २०८१

जनता समाजवादी पार्टी नेपाल विभाजन भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् पूनर्गठनको तयारी थालेका छन् । 

एमाले अध्यक्ष केपी ओली सङ्ग एकसरो कुरा सकेर प्रचण्डले १८ औ पटक क्याबिनेट बिस्तारको जोरजाम गर्न थालेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई बर्खास्त गर्ने तयारी गरेका छन् । जसपा, नेपाल विभाजन गरेर अशोक राईले जनता समाजवादी पार्टी नामक नयाँ दल दर्ता गराएका छन् । राईसँग ७ जना सांसद छन् । उपेन्द्र अहिले मधेश प्रदेशको राजधानी जनकपुरमा छन् ।

प्रधानमन्त्री दाहालले राईको दललाई पनि मन्त्रिपरिषद् पूनर्गठनमा समेट्न चाहेका छन् । अहिलेपनि राईको दलमा रहेका नवलकिशोर साह सुँडी वन तथा वातावरण मन्त्रालयको नेतृत्वमा छन् । उपेन्द्रलाई निकाल्दा प्रधानमन्त्री दाहालले राईको दलबाट थप एक जनालाई मन्त्री बनाउन सकिने वचन दिएका छन् । त्यस्तै नागरिक उन्मुक्ति पार्टीकि अध्यक्ष रन्जिता चौधरी पनि मन्त्री बन्ने पक्का छ। उनले भूमिसुधार मन्त्रालय नै पाउने भनिएको छ। यस अघि पनि उनी सोही मन्त्रालयमा थिईन् ।

उपेन्द्रबाट फुटेर बनेको नयाँ पार्टीले  वीरेन्द्र महतो र प्रदीप यादवमध्ये एकलाई सरकारमा पठाउने छ । त्यस्तै उपेन्द्र सगै वन राज्यमन्त्री दीपक कार्की पनि बर्खास्तमा पर्नेछन् ।कार्कीको ठाउँमा अशोक राईले रन्जु झालाई मन्त्री बनाउने चर्चा छ। उता, अहिलेका भूमिसुधार मन्त्री बलदेव अधिकारी एक हप्ताका लागि अमेरिका उड्दैछन् ।

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  १६:१४
प्रतिक्रिया दिनुहोस्