बूढानीलकण्ठमा अनलाइन बेटिङको अखडा, दुई दर्जनको प्रहरी समात्यो कठालो 

मंगलबार, फागुन ६, २०८१

बूढानीलकण्ठको एक घरमा अनलाइन बेटिङ खेलाइरहेको आशंकामा प्रहरीको दोस्रोपटक छापा मारेको छ । गएराति प्रहरीले छापा मारेर नेपाली र भारतीय गरी २४ जनालाई पक्राउ गरेको छ । 

उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले गएराति छापा मारेको थियो । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  माघ २७ गते पनि प्रहरीले छापा मारेर केही व्यक्तिलाई नियन्त्रणमा लिएको थियो । 

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  १०:३७
प्रतिक्रिया दिनुहोस्