आज र भोलि काठमाडौमा कता-कता जान्छ बत्ति ?

आइतबार, वैशाख ३०, २०८१

काठमाडौँको रोपवे, बलम्बु र कीर्तिपुर फिडरको विद्युत् लाइन आज र भोलि दुई दिन अवरुद्ध हुने भएको छ। 

विद्युत् प्राधिकरणले एक सूचना जारी गरी कीर्तिपुर वितरण केन्द्र अन्तर्गतको विद्युत् लाइन भूमिगत गर्नुपर्ने भएकाले आइतबार र सोमबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् सेवा बन्द हुने जानकारी गराएको हो। 

आज रोपवे र बलम्बु फिडर अन्तर्गत पर्ने मैत्रीनगर र टेगलाफाँट क्षेत्रमा बिहान ११ बजेदेखि पाँच घण्टासम्म बत्ती जानेछ। 

त्यसैगरी भोलि (सोमबार) कीर्तिपुर फिडर अन्तर्गत पर्ने कीर्तिपुर विश्वविद्यालय क्षेत्रमा पनि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बत्ती जाने प्राधिकरणले जनाएको छ। 

साथै मौसम कामगर्न अनुकूल नभए विद्युत् अवरुद्ध नहुने पनि प्राधिकरणले जनाएको छ। 

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  ०९:४७
प्रतिक्रिया दिनुहोस्