सबैभन्दा धेरै पटक सफल आरोहण गरेका कामीरिता २९औं पटक सगरमाथा पुगे

आइतबार, वैशाख ३०, २०८१

सर्वोच्च शिखर सगरमाथामा सबैभन्दा धेरै पटक सफल आरोहण गरेर विश्वकीर्तिमान बनाएका आरोही कामीरिता शेर्पाले २९औं पटक सगरमाथाको सफल आरोहण गरेका छन् ।

उनले आइतबार बिहान ७ बजेर २५ मिनेटमा सगरमाथाको चुचुरो टेटेको सेभन समिट प्रालिले जनाएको छ । विक्रम संवत् २०२६ सालमा सोलुखुम्बुको थामेमा जन्मिएका कामीरिताले सन् १९९२ बाट हिमाल आरोहण गर्न थालेका हुन् । कामीमरिताले सगरमाथासँगै विश्वकै दोस्रो अग्लो हिमाल के टू, चोयू, ल्होत्से र मकालुलगायतका हिमाल आरोहण गरेका छन् ।

योसँगै ५४ वर्षीय कामीरिताले यसअघिको आफ्नै कीर्तिमान तोड्नै पुनः नयाँ कीर्तिमान बनाएका छन् । ‘व्यक्तिगत रुपमा सगरमाथाको सबैभन्दा धेरै सफल आरोहण गर्ने सफल भएका छन्’, सेभेन समिटले भनेको छ ।
 

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  ११:१२
प्रतिक्रिया दिनुहोस्