सोसल मिडिया
युनिकोड
प्रमुख प्रशासकीय अधिकृत रिक्त भएका स्थानीय तहले एक हप्ता भित्रैमा हाकिम पाउने भएका छन्। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले एक हप्ताभित्रै पठाउने प्रतिवद्दता जनाएका छन् ।
सहसचिवहरू लोकसेवा आयोगबाट बढुवा भएर आएको र अहिले तालिमका क्रममा रहेकाले एक हप्ताभित्र प्रमुख खालि रहेका ठाउँमा प्रमुख प्रशासकीय अधिकृत पठाउने बताए ।
उनले काठमाडौँ महानगरपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृत खालि रहेको र अब केही दिनमै पठाउने प्रतिबद्धता जनाए । काठमाडौँमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा कर्मचारीले तलब खानै पाएका छैनन्।