हुनेवाला प्रधानन्यायाधिशकै इजलासमा पूर्वन्यायाधीशकी पत्नीले विष घुड्क्याईन्

बुधबार, चैत २१, २०८०

पूर्वन्यायाधीश भुवन गिरीकी श्रीमती आरती रावलले सर्वोच्च अदालतको इजलासमै विष सेवन गरेकी छन्। आरतीले मुद्दाको बहस चल्दाचल्दै विष सेवन गरेकी हुन्।

सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा मुद्दाको बहस चल्दै गर्दा उनले विष सेवन गरेको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए। फुँयाल प्रधानन्यायाधिश बन्ने लाईनमा छन्। 

कपिलवस्तु जिल्ला अदालतका पूर्वन्यायाधीश भुवन गिरीकी श्रीमती आरती न्याय माग्दै लामो समयदेखि सडक संघर्ष गर्दै आएकी छन्।

श्रीमान् गिरीविरुद्ध वैवाहिक बलात्कारको आरोप लगाउँदै उनले जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुमा जाहेरी दिएकी थिइन्।

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १६:५७
प्रतिक्रिया दिनुहोस्