सोसल मिडिया
युनिकोड
राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले भेट गरेका छन् । संघीय संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपहिले राष्ट्रपतिसँग प्रधानमन्त्रीले भेटवार्ता गरेका हुन् ।
राष्ट्रपति पौडेलसँग भेट गर्नका लागि प्रधानमन्त्री दाहाल आइतबार दिउँसो राष्ट्रपति शितल निवास पुगेका थिए । राष्ट्रपतिको स्वकीय सचिवालयका अनुसार भेटघाटमा राष्ट्रपति र प्रधानमन्त्रीबीच मुलुकको समसामयिक विषयमा छलफल भएको थियो ।
संघीय संसद्मा राष्ट्रपतिले जेठ १ मा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ । संसद्मा प्रमुख प्रतिपक्ष कांग्रेसले अवरोध गरिरहेको अवस्थामा नीति तथा कार्यक्रम कसरी प्रस्तुत हुन्छ भन्ने अन्योलताका बीच राष्ट्रपतिसँग प्रधानमन्त्रीले भेटवार्ता गरेका हुन् । सहकारी बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नतालाई लिएर संसदीय छानबिन माग्दै कांग्रेसले संसद् अवरुद्ध गर्दै आएको छ ।