सरकारले सार्वजनिक गरेको यस्तो छ ८२ सालको सार्वजनिक बिदाको सूची

शुक्रबार, फागुन १६, २०८१

सरकारले ०८२ सालमा दिइने सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ । बिहीबार राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार ०८२ वैशाख १ देखि चैत मसान्तसम्म एक वर्षमा जम्मा २८ दिन सार्वजनिक बिदा हुनेछ ।

यसमा दसैँका ६ र तिहारका ५ दिनको बिदा पनि समावेश छ । यसबाहेक वर्षभरि परेका शनिबारमा पनि सार्वजनिक बिदा हुनेछ ।

यस्तै, महिलाहरूको तीजसहित सम्बन्धित धर्म, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि हुने सार्वजनिक बिदाको सूची छुट्टै छ ।

सार्वजनिक बिदाको सूची हेर्न यहाँ क्लिक गर्नुहोस्। 

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  १५:५८
प्रतिक्रिया दिनुहोस्