पूर्वयुवराज पारस शाह अस्पताल भर्ना, भएको के हो ?

सोमबार, फागुन १९, २०८१

पूर्वयुवराज पारस शाहलाई अस्पताल भर्ना गरिएको छ। 

आइतबार साँझ हृदयघात भएपछि उनलाई काठमाडौँ थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा फणिराज पाठकले जानकारी दिए। केही समय पहिले पनि उनलाई सोही समस्या देखिएको थियो। 

'उहाँलाई हिजो साँझ नर्भिक अस्पतालमा भर्ना गरिएको छ,' उनले भने, 'अस्पतालले सबै ठिक छ भनेको छ।' पारसको अस्पताल बसाई भने लम्बिने भएको छ। 

प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  १४:२८
प्रतिक्रिया दिनुहोस्