भूमिसम्बन्धी अध्यादेश संसद्मा निर्णयार्थ पेस गर्न सरकार डरायो

मंगलबार, फागुन २०, २०८१

सत्तापक्ष भूमिसम्बन्धी अध्यादेश संसद्मा निर्णयार्थ पेस गर्नबाट पछि हटेको छ । भूमिसम्बन्धी अध्यादेश राष्ट्रियसभाबाट पारित गर्ने अवस्था नआएपछि सत्तापक्ष पछि हटेको हो ।

नेपाली काङ्ग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बुधबार बस्ने संसद् बैठकमा भूमिसम्बन्धी बाहेक अन्य पाँचवटा मात्र अध्यादेश मात्र पेस गरिने जानकारी दिए । भूमिसम्बन्धी अध्यादेशमा सकभर अझै सहमतिको प्रयास गर्ने सहमति नभए त्यसलाई विधेयकको रुपमा अघि बढाउने उनले बताए ।

सत्तारुढ दल जनता समाजवादी पार्टी नेपाल नै भूमिसम्बन्धी अध्यादेशमा सहमत नभएपछि सरकार यसलाई संसदमा निर्णायार्थ पेस गर्नबाट पछि हटेको हो ।

भूमिसम्बन्धी अध्यादेशबारे उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा सहमति जुट्न सकेको छैन । जसपा नेपालले साथ नदिएको खण्डमा राष्ट्रियसभामा सत्तापक्षको बहुमत पुग्दैन । 
 

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  १२:३८
प्रतिक्रिया दिनुहोस्