उपसचिवमा बढुवा भएका ३९ जनाको पदस्थापन सहित ५३ उपसचिवको सरुवा

बिहीबार, फागुन २२, २०८१

सरकारले उपसचिवमा बढुवा भएका ३९ जनाको पदस्थापन र ५३ उपसचिवको सरुवा गरेको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै कार्यक्षमता मूल्यांकनका आधारमा उपसचिवमा बढुवा गरेका ३९ जनाको पदस्थापन गरेको हो।

यस्तै विभिन्न मन्त्रालय, कार्यालय र निकायका कार्यरत ५३ उपसचिवको सरुवा गरिएको मन्त्रालयले जनाएको छ। 

सरुवा सूची हेर्न यहाँ क्लिक गर्नुहोस्। 

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  ०९:२१
प्रतिक्रिया दिनुहोस्