हिजै चितवन पुगेका प्रधानमन्त्री प्रचण्डले आज पुल उद्घाटन गर्ने, राजधानी फर्किने

सोमबार, वैशाख ३१, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नारायणी नदीमाथि बन्ने नयाँ पुलको आज शिलान्यास गर्ने भएका छन् । उनी हिजो (आइतबार) नै चितवन गएका थिए ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले चितवनको नारायणगढ र नवलपुरको गैँडाकोट जोड्ने पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने नारायणी नदी माथि बन्ने केबलस्टेट पुलको शिलान्यास गर्न लागेका हुन् । यो पुल ४ सय २० मिटर लामो हुनेछ ।

१२ मिटर लामो फराकिलो पुलमा चार वटा पिल्लर रहने सडक विभागको पुल महाशाखाले जनाएको छ । पुल अहिलेको रहेको पुलभन्दा उत्तरतर्फ रहनेछ । नयाँ पुल अहिलेको भन्दा थप उचाइको हुने सडक विभागले जनाएको छ ।

नयाँ पुलको तल्लो भागवाट सानातिना पानी जहाज आवतजावत गर्न मिल्ने गरी डिजाइन गरिएको छ । अहिले भइरहेको पुल निकै पुरानो र जीर्ण बनेकाले नयाँ आकर्षक पुल बनाउन लागिएको हो ।

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  ०८:५१
प्रतिक्रिया दिनुहोस्