सोसल मिडिया
युनिकोड
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक आज बस्दैछ। ललितपुरको ज्यापु प्रज्ञा भवन च्यासलमा अहिले बिहान ११ बजेबाट सुरु बैठकमा जसपा नेपाल सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिनेबारे आधिकाररिक निर्णय हुनेछ ।
आइतबार बसेको जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारबाट बाहिरिने साथै समर्थन फिर्ता लिने निर्णय गरेको थियो। आज बस्ने केन्द्रीय समिति बैठकले यसबारे निर्णय गरी औपचारिकरुपमा सार्वजनिक गर्ने तयारी रहेको एक नेताले बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार नै उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई राजीनामा गरेर बाटो खोलिदिन निर्देशन दिएका थिए। प्रधानमन्त्री ‘प्रचण्ड’ नेतृत्वको सरकारमा स्वाथ्य तथा जनसंख्यामन्त्रीको जिम्मेवारीमा रहेका उपेन्द्र पछिल्लो समय रुष्ट छन् ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले पार्टी फुटाइदिएको उनको आरोप छ । उनले सार्वजनिक कार्यक्रमहरुमै सत्तारुढ दल एमाले–माओवादीमाथि पार्टी विभाजनमा भूमिका खेलेको आरोप लगाउँदै आएका थिए ।