राष्ट्रिय सभाको सत्रौँ अधिवेशनको १२ औँ बैठक आइतबार, के छ कार्यसूची ?
राष्ट्रिय सभाको सत्रौँ अधिवेशनको १२ औँ बैठक आइतबार बस्दैछ ।
बैठक अपरान्ह १ः१५ बजेका लागि बोलाइएको छ ।
संघीय संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने सम्भावित दैनिक कार्यसूची रहेको छ ।
प्रकाशित मिति: शनिबार, फागुन २४, २०८१ १५:३१
प्रतिक्रिया दिनुहोस्