ओलीलाई रुघाखोकीले सतायो, कार्यक्रम रद्द गरेर आराम गर्दै

सोमबार, वैशाख ३१, २०८१

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि बारा जाने कार्यक्रम स्थगित गरेका छन् । रुघाखोकीले सताएपछी ओली बालकोटमै आराम गरिरहेका छन् ।

सोमबार ओलीले बाराको प्रसौनी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्ने कार्यक्रम थियो । 

गाउँपालिकाका अध्यक्ष विनोदप्रसाद जैसवालले ओली अस्वस्थ भएकाले कार्यक्रम स्थगितको विज्ञप्ति आइतबार नै जारी गरेका छन् । अब आउँदो जेठ ४ गते भवनको उद्घाटन गरिने उनले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १३:५६
प्रतिक्रिया दिनुहोस्