परराष्ट्रमन्त्री आरजु भारततर्फ प्रस्थान प्रस्थान गरे लगत्तै भारतीय राजदूत अर्थमन्त्रालय छिरे 

सोमबार, फागुन २६, २०८१

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा बाबा वैद्यनाथ धामको धार्मिक भ्रमणका लागि सोमबार भारततर्फ प्रस्थान गरेकी छन्। यता आजै अर्थमन्त्री विष्णु पौडेल भेट्न भारतीय राजदूत अर्थमन्त्रालय पुगेका छन्। बजेट निर्माणको चटारोका बीच पौडेलले भारतीय राजदूत नवीन श्रीवास्तव संग केही बेर वार्ता गरेका हुन् ,

उता, भारतर्फ प्रस्थान गरेकी आरजुलाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र मन्त्रालयका उच्च अधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए।

मन्त्री राणा भारतको विदेश मन्त्रालयले मार्च १७ देखि नयाँ दिल्लीमा आयोजना गरेको राइसिना डायलगमा पनि सहभागी हुनेछिन्। उनले उक्त कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम छ। उक्त अवसरमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालको सगरमाथा संवादका लागि सहभागी हुन निमन्त्रणा पनि दिने बुझिएको छ।

रायसिना डायलगमा मन्त्री डा. राणासहित विश्वका विभिन्न देशका प्रधानमन्त्री तथा विदेशमन्त्रीहरू पनि सहभागी हुने परराष्ट्रले जानकारी दिएको छ।

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १४:३६
प्रतिक्रिया दिनुहोस्