गृहमन्त्रीको सहकारी ठगी प्रकरण प्रदेशमा पनि सर्यो

सोमबार, वैशाख ३१, २०८१

कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामाले गृहमन्त्री रवि लामिछानेमाथी संसदीय छानबिन समिति गठन नभए प्रदेश सभा चल्न नदिने चेतावनी दिएका छन्।

सोमबारबाट सुरु भएको बागमती प्रदेश सभाको बजेट अधिवेशनमा शुभकामना मन्तव्य व्यक्त गर्दै नेता लामाले यस्तो चेतावनी दिएका हुन्। 

उनले सहकारी ठगी प्रकरणमा नाम मुछिएका गृहमन्त्री लामिछाने माथी संसदीय छानबिन हुनुपर्ने माग गर्दै छानबिन समिति गठन नभए प्रदेश सभा चल्न नदिने चेतावनी दिए। 

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १५:०४
प्रतिक्रिया दिनुहोस्