एकीकृत समाजवादीले आन्दोलनका कार्यक्रम घोषणा गर्ने

बिहीबार, फागुन २९, २०८१

प्रतिपक्षी नेकपा (एकीकृत समाजवादी)ले आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ । शुक्रबार दिउँसो १२:३० बजे पत्रकार सम्मेलन गरेर आन्दोलन घोषणा गर्न लागेको हो । 

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले नै सरकारका गलत क्रियाकलाप, भ्रष्टाचार, बेथितिविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको थियो । 

प्रचार विभागका अनुसार मुलुकको पछिल्लो राजनीतिक परिस्थतिबारे विशेष घोषणा गर्न लागिएको हो । पत्रकार सम्मेलनमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित शीर्ष नेता सहभागी हुने तय भएको छ । 

एकीकृत समाजवादी समाजवादी मोर्चामा पनि सहभागी छ । मोर्चाले पूर्वराजा ज्ञानेन्द्रको सक्रियताबारे काठमाडौंमा र्‍यालीसहितको कार्यक्रम घोषणा गरिसकेको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन २९, २०८१  २१:३२
प्रतिक्रिया दिनुहोस्