सदनको अवरोध खोल्न प्रचण्डले ओली र रविलाई राखेर गरे बातचित

सोमबार, वैशाख ३१, २०८१

एकरात चितवन बिताएर काठमाडौँ आईपुगेका प्रधानमन्त्री प्रचण्डले राजनीतिक छलफललाई तिब्र पारेका छन्। प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग छलफल गरेका छन्। 

आइतबार चितवन गएका प्रधानमन्त्री प्रचण्ड सोमबार काठमाडौँ फर्कनेबित्तिकै ओली र लामिछानेसँग छलफलमा जुटेका हुन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अहिले उनीहरूबीच छलफल चलिरहेको छ। 

विशेषगरी संसद्को गतिरोध अन्त्य गर्नेबारे उनीहरूबीच छलफल चलिरहेको स्रोतले बतायो। भोलि (मंगलबार) साँझ ६ बजे संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ। 

राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम कांग्रेसले अवरोध नगरोस् भनेर दलहरू सहमतिको प्रयासमा छन्। 

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १७:३६
प्रतिक्रिया दिनुहोस्