कस्तो हुन्छ आजको मौसम ? कता-कता पर्छ पानी ?

शुक्रबार, चैत १, २०८१

देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । उच्च पहाड र हिमाली भूभागमा हिमपातको पनि सम्भावना रहेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ ।

विभागका अनुसार दिउँसो मधेसबाहेक बाँकी ६ वटा प्रदेशमा हल्का वर्षाको सम्भावना छ । मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको हो । 

उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना रहेको विभागले बताएको छ । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  ०७:४६
प्रतिक्रिया दिनुहोस्