उपन्यासकार लीलबहादुर क्षेत्रीको निधन

शुक्रबार, चैत १, २०८१

उपन्यासकार लीलबहादुर क्षेत्रीको निधन भएको छ ।

भारत आसाम गुहावटी निवासी क्षेत्रीको ९२ वर्षको उमेरमा भारतीय समय अनुसार गएराति १० बजेर १० मिनट जाँदा आफ्नै निवासमा निधन भएको हो ।

नेपाल सरकारबाट जगदम्बाश्री पुरस्कार र भारतीय सरकारबाट पद्मश्री पुरस्कार प्राप्त गरेका क्षेत्रीले बसाइँ, ब्रम्हपुत्रको छेउछाउ, अतृप्तजस्ता उपन्यास लेखेका छन् ।

उनले आसाममा नेपाली भाषाको साह्रो-गाह्रोजस्ता चर्चित निबन्धसमेत लेखेका छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  १३:२३
प्रतिक्रिया दिनुहोस्