प्रधानमन्त्री ओलीले डाके उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

शुक्रबार, चैत १, २०८१

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक डाकिएको छ। 

बैठक साँझ ५:३० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी डाकिएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ। 

संयन्त्रमा सत्तासाझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेता छन्। 

फागुन  २५ गते आइतबार राजावादीले काठमाडौँमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा काठमाडौँमा गरेको प्रदर्शनपछि नेपाली राजनीति तरंगित छ। यसै परिप्रेक्ष्यमा संयन्त्रको बैठक बस्न लागेको हो। 

प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  १३:२६
प्रतिक्रिया दिनुहोस्