सोसल मिडिया
युनिकोड
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राजनीति देश र जनतका लागि हुनुपर्ने बताएका छन् ।
स्याङ्जाको वालिङ–७ बनकट्टास्थित मनकामना युवा क्लबद्वारा आयोजित पुरुष भलिबल प्रतियोगिताको शुभारम्भ गर्दै उनले राजनीतिक दलहरूले दलगत स्वार्थभन्दा माथि उठेर देश र जनतालाई सर्वोपरि ठानेर अगाडि बढ्नुपर्ने बताए ।
“नेपाली राजनीतिमा उलटपुलट भइरहेको छ,” उनले भने, “राजनीति स्वार्थ केन्द्रित नभई देश र जनताका लागि हुनुपर्छ ।”
खेलाडीहरूको मनोबललाई उच्च बनाउन र खेल क्षेत्रलाई थप परिस्कृत बनाउँदै लैजानका लागि स्थानीयस्तरमा खेलकुदका गतिविधिहरू निरन्तर हुनु आवश्यक रहेको उनको भनाइ छ ।