लिपुलेक जान प्रधानमन्त्री ओलीलाई किन लागेन रुची ?

बिहीबार, चैत ७, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रहरूको भ्रमणका लागि हाल कुनै तत्काल योजना नरहेको जानकारी दिएका छन् ।

बिहीबार संसद्‌मा प्रश्नोत्तर कार्यक्रममा राप्रपा सांसद बुद्धिमान तामाङले प्रधानमन्त्रीलाई उक्त क्षेत्रहरूको भ्रमण कहिले गर्ने योजना रहेको छ भनी सोधेका थिए ।

जवाफमा प्रधानमन्त्री ओलीले भने, “अहिले तत्काल योजना बनेको छैन, पछि जान सकिन्छ ।” त्यसपछि प्रधानमन्त्रीले सांसद तामाङलाई प्रतिप्रश्न गर्दै भने, “माननीयज्युको योजना बनेको छ कि के हो ? योजना बनेको भए राम्रो कुरा हो ।”

प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  १३:४९
प्रतिक्रिया दिनुहोस्