सोसल मिडिया
युनिकोड
सरकारले पछिल्लो पटक पाँच दर्जन सहसचिवको सरुवा गरेको छ। सरुवा भएकाहरु विगतमा फुर्तिफार्ती गरेर चिनिएका सहसचिव ज्यादा छन्। काठमाडौँ महानगरका मेयरले किर्ते गरेको ठहर गर्दै हुत्याएका वसन्त अधिकारीदेखि कामु सचिव चलाई खाएका महादेव पन्थ समेत छन्।
त्यस्तै, माओवादी केन्द्रका माननीय अमनलाल मोदी सामान्य प्रशासन मन्त्री हुँदा मालदार अड्डा बाट थुतेर कर्णाली हुत्याईएका बिष्णु कोइराला समेत रवि लामिछानेको गृहमन्त्रालय पुगेका छन्। बालेनले हुत्याएका बसन्तको पनि अब गृहमन्त्रालयमै बास हुने भएको छ।
यहि वर्ष सचिव पड्काउने रघुराम बिष्ट पनि सरुवामा चलाईएका छन् भने काठमाडौँको सिडिओ चलाई सकेका काली पराजुलीको पनि सरुवा भएको छ। बैशाख २७ गतेको क्याबिनेटले सचिवको लाईनमा भएका कमल भट्टराईको पनि सरुवा गरेको छ। सहसचिव सरुवा सूची हर्न यहाँ क्लिक गर्नुहोस्।