सोसल मिडिया
युनिकोड
मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८१-८२ को वार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ । संसदको बैठक बस्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएर सो कार्यक्रम पारित गराएका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३ बजे संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेर सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ। कांग्रेसले नीति तथा कार्यक्रम वाचनमा अवरोध नगर्ने भएको छ। त्यसपछि भने अवरोध गर्ने उसले निर्णय गरेको छ।
त्यस्तै बैठकले १६औं पञ्चवर्षीय योजना पनि पारित गरेको सरकारकी प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन ।
‘सुशासन, सामाजिक न्याय र समृद्धि’ मुख्य लक्ष्यसहित सोह्रौँ पञ्चवर्षीय आवधिक योजना २०८१-८२-२०८५-८६० को मस्यौदा अन्तिम स्वीकृतिका लागि राष्ट्रिय योजना आयोगले हिजो मन्त्रिपरिषद्मा पठाएको थियो ।