सोसल मिडिया
युनिकोड
काठमाडौंको सिनामंगलमा रहेको काठमाडौ मेडिकल कलेज (केएमसी) ले मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने भएको छ । यही जेठ मसान्तसम्ममा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने तयारी रहेको अस्पतालले जनाएको छ ।
केएमसीले सिनियर डाक्टर विजयमान सिंह र डा.सुरेश महर्जनको नेतृत्वमा अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्न लागेको अस्पतालले जनाएको हो ।
अन्य अस्पतालको तुलनामा सस्तोमा मिर्गौला प्रत्यारोपण हुने बताइएको छ । अनुभवी एवं सिद्धहस्त चिकित्सकले भरपर्दो सेवा दिने र बिरामीले सरकारी अस्पतालमा भन्दा पनि सस्तोमा सेवा पाउने बताइएको छ । निमुखाको निशुल्क उपचार गरेर सो अस्पताल चर्चामा छ। काङ्ग्रेसका माननीय डाक्टर सुनिल शर्माको सो अस्पताल विपन्न मैत्री पनि छ।