सोसल मिडिया
युनिकोड
सचिव बढुवा सिफारिस समितिले प्रशासन सेवातर्फको एक रिक्त र प्राविधिक तर्फको पनि रिक्त एक सचिव(विशिष्ट श्रेणी)पदका लागि तीन जना सहसचिवको नाम सिफारिस गरेको छ ।
लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ रिक्त सचिव पदमा बढुवाका लागि वरिष्ठ तीन सहसचिवहरू लोकनाथ पौडेल, गोविन्द बहादुर कार्की र महादेव पन्थलाई सचिव (विशिष्ट श्रेणी) पदमा बढुवाका लागि सिफारिस गरेको हो । हाल पौडेल मधेस प्रदेश, कार्की बागमती प्रदेश र पन्थ गृह मन्त्रालयबाट लुम्बिनी प्रदेशको निमित्त प्रमुख सचिवमा सरुवा भएका छन् ।
त्यस्तै एक सचिव (प्राविधिक)को बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस भएको छ । कृषि तथा वन कलष्टरतर्फ सचिव(विशिष्ट श्रेणी) पदमा बढुवाका लागि सचिव बढुवा सिफारिस समितिले तीन जना सहसचिवको नाम सिफारिस गरेको हो ।
बैठकले सहसचिवहरू सञ्जीव कुमार कर्ण, सवनम शिवाकोटी अर्याल र राजेन्द्र कुमार मिश्रलाई सचिवमा बढुवाको लागि सिफारिस गरेको हो ।
उनीहरू तीनै जना कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तरगत कार्यरत छन् । दुबै सेवा समूहका एक/एक सहसचिवको आउँदो क्याबिनेटले निर्णय गर्नेछ।