मेयर बालेनबिनै काठमाडौं महानगरको कार्यपालिका बैठक , गुरागाईले गरे हाजिर

बिहीबार, चैत २१, २०८१

काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक सुरु भएको छ । बिहीबार मध्याह्न उपमेयर सुनिता डंगोलको अध्यक्षतामा कार्यपालिकाको बैठक सुरु भएको हो ।

बैठकमा मेयर बालेन शाह सहभागी छैनन् ।

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोजप्रसाद गुरागाईले आफ्नो कार्यकक्ष प्रवेश गरेर हाजिर गरेका छन् । उनलाई महानगरका कर्मचारीहरुले नै आज कार्यकक्षमा प्रवेश गराएर हाजिर गराउने तयारी गरेका थिए ।

कर्मचारीहरुले प्रमुख प्रशासकीय अधिकृत नहुँदा आफूहरुले ५ महिनादेखि तलब नपाएको र कामकाज रोकिएको भन्दै उनलाई आज कार्यकक्ष प्रवेश गराएर हाजिर गराउने तयारी गरेका थिए । कर्मचारीहरुको तयारी थाहा पाएपछि मेयर बालेन शाहले गुरागाईलाई रोक्न नगर प्रहरी परिचालन गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, चैत २१, २०८१  १२:३९
प्रतिक्रिया दिनुहोस्