सोसल मिडिया
युनिकोड
कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणको नाफा सही भएको बताएका छन् । ‘महालेखा परीक्षकको कार्यालयबाट प्रमाणित भएको विवरण कसरी फेक हुन्छ’ उनले प्रश्न गरे ।
पत्रकार सम्मेलन गर्दै कुलमानले देशभरबाट हरेक छ महिनामा विवरण उठाएर महालेखा परीक्षकबाट प्रमाणिकरण गरेर प्राधिकरणको आर्थिक विवरण सार्वजनिक हुने गरेको बताए ।
ऊर्जामन्त्री दीपक खड्काले प्राधिकरणको नाफा फेक भन्नुहुन्छ नि भन्ने प्रश्रमा उनले भने, “६ महिना लगाएर विवरण उठाएर महालेखा परीक्षकबाट प्रमाणिकरण गर्छौँ । त्यसमा मन्त्री, अर्थसचिव, सचिवको साइन हुन्छ । अनि त्यसलाई फेक भन्न मिल्छ ।”
बोर्डले स्वीकृत गरेपछि प्राधिकरणको विवरण बाहिर आउने उनको भनाइ छ । ऊर्जामन्त्री खड्काले विद्युत् प्राधिकरणले देखाउने नाफा फेक रहेको प्रतिनिधि सभा तथा राष्ट्रियसभामा केही पटक भनिसकेका छन् ।